२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ मलेशियामा एक नेपाली युवकले गरे आफ्नै प्रेमीकाको हत्या

मलेशियामा एक नेपाली युवकले गरे आफ्नै प्रेमीकाको हत्या

मलेशियामा एक नेपाली महिलालाई प्रेमीले हत्या गरेका छन्। हत्या गर्ने ती प्रेमी पनि नेपालीनै रहेको मलेशियाको प्रहरीले जनाएको छ। हत्या गर्ने नेपलाी युवक युवतीको हत्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ। मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ। उनको नाम आइतमाया मगर आरती रहेको छ।

घटना मलेशियको केलाङ स्थित एक रेष्टुरेन्टमा भएको हो। ती युवती सोही रेष्टुरेन्टमा काम गर्दै आएको खुलेको छ। ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्।

source:news24

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु