२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण ,अवस्था गम्भीर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण ,अवस्था गम्भीर

संघियता विरुद्धका बादशाह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

मंगलबार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको र नियमोनियाले ग्रस्त बनाएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको जनमोर्चा श्रोतले जनाएको छ ।

यसै बीच जनमोर्चाको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णय समेत गरेको छ। बैठकले सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक,नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

नेपाली वामपन्थी आन्दोलनका ईमानदारमध्यका केसि सादगी नेता हुन। खरो र देखेको कुरा जस्ताको तस्तै बोल्ने केसि पटक पटक सांसद र एक पटक उपप्रधानमन्त्री समेत भने पनि अन्य नेतामा जस्तो शक्ति र सम्पत्तिको रवाफ उनमा देखिन्न ।

पछिल्लो समय संघियताको विपक्षमा एक्लै लडिरहेको जनमोर्चाका अध्यक्ष केसीका कतिपय विश्लेषण नेपाली राजनीतिमा सहि हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु