गृहपृष्ठ सत्तारूढ नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने
सत्तारूढ नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने
अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक तय भएको एक सचिवालय सदस्यले जानकारी दिए।
नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो। गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए।
बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए। उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक बोलाएर अघि बढ्ने तयारी गरेपछि ओली बैठकका लागि सहमत भएका हुन्।
ओलीले महासचिव विष्णु पौडेललाई बैठकको लागि तयारी गर्न भनेका हुन्।