गृहपृष्ठ गायक नरेश खातिको पिपलु वर चर्चाको शिखरमा
गायक नरेश खातिको पिपलु वर चर्चाको शिखरमा

गायक तथा सर्जक नरेश खाती त्यस्ता कलाकार हुन् जसका हरेक सृजनाले बजार तताएकै हुन्छन्।यसकारण पनि उनी भाग्यमानी ठहरीएका छन्।
केही समय अगाडि माया मारेर नामक एल्बमले बजारमा हुटहुटीनै चलायो।अहिले फेरि पछिल्लो पटक बजारमा आएको पिपलु र वर पनि छोटो समयमै अत्याधिक दर्शक-स्रोताको रोजाइमा परेको छ। त्यहीँ कारण २ हप्तामै २० लाख दर्शकको माया पाउन सफल भएको छ।
गीतका टुक्का,लय ,संगीत र म्युजिक भिडियोको उत्कृष्ट संगम गीतका लागि फलिफाप सिद्ध भएको छ।गीतमा एक-अर्काको माया बिना दुबै जना अधुरो रहने जस्ता भावहरुलाई शब्दहरु मार्फत दर्शाउन खोजिएको छ।
गीतमा स्वयं गायक खातीको शब्द,संगीत तथा स्वर रहेको छ भने महिलातर्फ अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीको समधुर आवाज रहेको छ।
बिक्रम चौहानले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा चर्चित मोडल एवं नायक पौल शाह र अस्मिता पन्तको बेजोड अभिनय रहेको छ।यसको गीतको बजार ब्यबस्थापन भने विशाल इन्टरटेन्मेन्ट मार्फत गरिएको छ।