२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ गुल्मीमा जीप दुर्घटना हुँदा एकको ज्यान गयो , ७ जना घाइते अवस्थामा फेला

गुल्मीमा जीप दुर्घटना हुँदा एकको ज्यान गयो , ७ जना घाइते अवस्थामा फेला

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु