२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ एनआरएनए नेदरल्यान्ड्सको वार्षिक साधारण सभा भब्य रुपमा हुँदै

एनआरएनए नेदरल्यान्ड्सको वार्षिक साधारण सभा भब्य रुपमा हुँदै

सबैलाई निमन्त्रणा गरिएको जानकारी

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको वार्षिक साधारणसभा Zoom (वेबिनार) भर्चुअल कार्यक्रम मार्फत डिसेम्बर ७ तारिख सोमबारका दिन बिहान ११ बजे देखी १४:०० सम्म हुने भएको छ।

उक्त दिनमा गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, सदस्यहरु एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष,पूर्ब अध्यक्षहरु पूर्ब आइसीसी सदस्यहरु, सल्लाहकारहरु, नेदरल्याण्ड्सस्थिति विभिन्न संघ, संस्थाका अध्यक्ष र पत्रकारहरु ,पंजीकृत सदस्यहरु लगायत सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सबैलाई गरिमामय उपस्थितिका निम्ति हार्दिक अनुरोध गरिएको छ।

कुनै कारणबस सुचना प्राप्त नभएमा यसैलाई आधारमानी उपस्थित भैदिनुहुनका लागि समेत महासचिब संघर्सशिल केशिले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु