२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको पुष्टि

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको पुष्टि

चर्चित डा. गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ। केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको पारिवारिक स्रोतले जनाएको छ।

उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको साेलिडारिटी फर डाक्टर गाेविन्द केसीले जनाएकाे छ । उनकाे श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।

डा. केसी अहिले शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भएका छन्। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु