२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ भाइटीकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला हुने

भाइटीकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला हुने

यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ।

सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।हरेक वर्ष भाइटिकाको दिनसर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा चलिआएको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो। प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो।

प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु