२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ रोमानियाको कोभिड अस्पतालमा आगलागी ,१० जनाको ज्यान गयो,७ गम्भीर घाइते

रोमानियाको कोभिड अस्पतालमा आगलागी ,१० जनाको ज्यान गयो,७ गम्भीर घाइते

यूरोपेली मुलूक रोमानियास्थित एक कोभिड अस्पतालमा आगलागी भएको छ। कोरोना संक्रमितको उपचार गरिँदै आएको अस्पतालमा शनिबार आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन्। ती ७ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

उत्तर–पूर्वी सहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो।
बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर पनि जलेर गम्भीर घाइते भएका छन्।

उनलाई सेनाको विमानमार्फत राजधानी लगिएको छ ।
विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु