२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ बाग्लुङ ढोरपाटनका बाढी प्रभावितलाई एन आर एन ए अस्ट्रेलियाको आर्थिक सहयोग

बाग्लुङ ढोरपाटनका बाढी प्रभावितलाई एन आर एन ए अस्ट्रेलियाको आर्थिक सहयोग

बाग्लुङको ढोरपाटन नगरपालिकास्थित बोबाङमा भदौ १७ गते राती आएको भिषण बाढीपहिरोले बिस्थापित बनेका स्थानीय हरूको लागि गैर आबसीय नेपाली संघ(एन आर एन ए)अस्ट्रेलियाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

ढोरपाटन नगरपालिकामा आयोजित एक बिशेष कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधीको रूपमा तोकिनु भएका युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल लगायतको टोलीले नगरप्रमुख देबकुमार नेपालीलाई उहाँकै कार्यकक्षमा रू २लाख ५० हजार नगद सहयोग रकम हस्तान्तरण गर्नु भएको हो।

एन आर एन ए अस्ट्रेलियाले पठाएको सहयोग रकम बुझ्दै कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले संस्थाका अध्यक्ष केशब कंडेल, प्रवक्ता नन्द गुरूङ,भिक्टोरिया शाखा उपाध्यक्ष मणिरत्न सापकोटा सहित सम्पूर्ण पदाधिकारीहरू प्रती धन्यबाद तथा कृतज्ञता ब्यक्त गर्नु भएको छ।

नगरप्रमुख नेपालीले दुखको बेला एन आर एन ए अस्ट्रेलियाबाट प्राप्त सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।

एन आर एन ए अस्ट्रेलियाले मौसम परिवर्तन संगै जाडो बढेपछि त्यस क्षेत्रका बाढि पहिरो प्रभाबित हरू बिरामी पर्न थालेकाो खवर सुन्नासाथ केहि राहत पुगोस भन्ने मनसायका साथ सहयोग रकम पठाईएको एन आर एन अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले बताऊनु भयो।

आफुहरू मातृभुमी भन्दा धेरै टाढा रहेता पनि आफ्नो मातृभुमीका दाजुभाई,दिदीबहिनी हरू दु:ख कस्टमा परेको खवरले निकै मर्माहत हुनेगरेको भन्दै बाढि प्रभाबित हरूको घाऊमा थोरै भए पनि मलम लगाऊने कार्य स्वरूप संस्थाकोतर्फ देखि सहयोग रकम पठाएको अध्यक्ष कंडेलले अस्ट्रेलिया बाट बताऊनु भयो।

नेपाली हरूले दुख,पिर,मर्का भोगेको अवस्थामा आफुहरू सधैं सँगै रहने भन्दै ढोरपाटनका पहिरो प्रभाबितहरु लाई थोरै भए पनि राहत उपलब्ध गराउन पाँउदा गौरबको महसुस भएको संस्थाका प्रवक्ता नन्द गुरूङले बताऊनु भयो।

नेपाल र नेपालीहरू लाई दु:ख पर्दा टुलुटुलु हेरी बस्ने हरू यथार्थमा नेपालका सन्ततीहरू हुन नसक्ने भन्दै एन आर एन ए भिक्टोरिया शाखा उपाध्यक्ष मणिरत्न सापकोटाले ढोरपाटनका बाढि पहिरो प्रभाबित हरूलाई एन आर एन अस्ट्रेलियाले थोरै भएपनि सहयोग पठाऊन पाँउदा खुसी व्यक्त गर्नु भयो।

सापकोटाले बाढि पहिरो प्रभाबित लगायत दुख कस्टमा परेका हरूलाई यस प्रकारको सहयोग जारीराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

असारदेखि ढोरपाटन नगरपालिकामा २४ जनाको मृत्यु भएको थियो।नगरपालिकाको भुजि खोलामा गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आएको बाढीपहिरोले १ सय ४४ घर परिवार बिस्थापित भएका छन् भने सडक र विजुली बस्ती क्षतबिक्षेत भएको थियो।

भदौ १७ गते बाढीले बगाएर वेपत्ता भएका ३७ जना मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै पेपत्ता छन्।आएको वाढीमा परेका १५ जना अझै बेपत्ता छन्।मौसम परिवर्तनसंगै जाडो बढेपछि त्यस क्षेत्रका जनता बिरामी पर्न थालेका छन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका १ का वडाध्यक्ष चित्रबहादुर भन्डारी,ढोरपाटन उधोग बाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्मा,युनिक बोर्डिङ स्कुलका प्रिन्सिपल डि बि रायमाझी,चर्चित मोडल ओ बी रायमाझीको उपस्थिति थियो।

त्यस्तै युवा समाजसेबी तथा जापानमा होटल ब्यबसाय गर्दै आउनु भएका थम्मन रायमाझी(अनिश),शारदा बिधा मन्दिर मा बि गुल्मीका शिक्षक सुमन रायमाझी,मुसिकोट नगर खेलकुद समितीका सदस्य सन्दिप खत्री,जनप्रतिनिधीहरू,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु