२०७७ माघ ६ गते मंगलवार | January 19, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ अनेसास पोर्चुगलले मनायो भब्यरुपमा लक्ष्मी जयन्ती

अनेसास पोर्चुगलले मनायो भब्यरुपमा लक्ष्मी जयन्ती

अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले ११२ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा शुभकामना आदानप्रदान, वेभसाईट विमोचन, अग्रज सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टिजकी अध्यक्ष गीता खत्री प्रमुख अतिथि तथा साहित्यकार दामोदर पुडासैनी बिशेष बक्ताको रुपमा बिशेष अतिथि ,अनेसास केन्द्रका ब. उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास केन्द्रका उपाध्यक्ष सुनिल संगम बिशेष अतिथि रहनु भएको उक्त कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष स्पन्दन विनोदको सभापतित्वमा सम्पन्न भएको थियो।

फैलिरहेको कोभिड १९ को बिषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल रूपमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा अनेसास पोर्चुगलले आफ्नो अफिसियल वेबसाइट सार्वजनिक, अग्रज सम्मान, अनेसास केन्द्रले गरेको बिश्वब्यापी बाल कवितामा प्रथम स्थान हासिल गर्ने पोर्चुगलकी बालकवि मानस्वी खरेललाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति श्रद्धा सुमन ब्यक्त गरेको छ।

यसै अवसरमा अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राई , पूर्व अध्यक्षहरु सुनिल संगम र वाई बी गुरूङ सम्मानित हुनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले पोर्चुगल च्याप्टरले गरेको कार्यहरुको प्रशंशा गर्दै नेपाली भाषा र साहित्यलाई बिशेष गरी प्रवासमा रहेका पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आजको चुनौती रहेको औल्याउनु भयो।

मुख्य वक्ताको रूपमा रहनु भएका कार्यक्रमका बिशिष्ट अतिथी दामोदर पुडासैनीले मानवताबादी मुख्य चिन्तनले नै देवकोटालाई उभ्याएको बिश्लेषण गर्नु भयो।त्यसै गरी अन्य अतिथिहरूले पनि देवकोटाका रचनाको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धा ब्यक्त गरेका थिए।

अनेसास पोर्चुगलका अध्यक्ष स्पन्दन विनोदले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै उहाँको कविता प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा अमेरिका, बेलायत, नेदरल्याण्ड, कोरिया, पोर्चुगल र नेपाल लगायतका देशहरूबाट साहित्यकारहरुको उपस्थिति रहेको थियो।

अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा, सुनिल संगम, उर्मिला निर्दोषी, वाई बि गुरूङ, प्रमोद सारङ् ,गंगा लिगल, पुण्य कार्की, अर्जुन घिमिरे, टंक आले मगर , मन्जिला अनिल , गोमा रेग्मी, शान्ति अर्याल अधिकारी , बिद्या आचार्य विमला तथा बाल कवि मानस्वी खरेल लगायतका श्रष्टाहरुले दिपावलीको शुभकामना सहित देवकोटा प्रति समर्पित सिर्जनाहरू वाचन गर्नु भएको थियो।

संस्थाका सचिव शान्ति अर्याल अधिकारीको स्वागत मन्तव्य र सह कोषाध्यक्ष बिमला आचार्यको धन्यबाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव अर्जुन बाराहालीले गर्नु भएको थियो। संस्थाका अध्यक्ष स्पन्दन बिनोदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु