गृहपृष्ठ नेपालमा आइतबार थपिए १ हजार ४७७ कोरोना संक्रमित,कुल संख्या २ लाख ९ हजार भन्दा बढी
नेपालमा आइतबार थपिए १ हजार ४७७ कोरोना संक्रमित,कुल संख्या २ लाख ९ हजार भन्दा बढी

- नेपालमा आइतबार १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७९८ जना संक्रमित निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ।
थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२२१ पुगेको मन्त्रालयले जनाएको छ।थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।