गृहपृष्ठ दक्षिण कोरियामा एक नेपालीको रहस्यमय निधन
दक्षिण कोरियामा एक नेपालीको रहस्यमय निधन

दक्षिण कोरियामा एक नेपालीको रहस्यमय मृत्यु भएको छ।मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।
शनिबार राति राति सहजै अवस्थामा सुतेका राई आइतबार अचानक मृत अवस्थामा फेला परेका थिए।मृत्युको कारणबारे अनुसन्धान भैरहेको सिओल प्रहरीले जानकारी दिएको छ।
यस घटनाको विषयमा दूतावासलाई जानकारी गराएको र आवश्यक सबै प्रक्रिया पुरा गरेपछि शव नेपाल पठाइने एन आर एन ए दक्षिण कोरियाले जनाएको छ।