२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ स्व बी.पी कोइरालाको सम्झनामा गुल्मीको वामी टक्सारमा विचार गोष्ठी सम्पन्न

स्व बी.पी कोइरालाको सम्झनामा गुल्मीको वामी टक्सारमा विचार गोष्ठी सम्पन्न

  • ३८औं बी पी स्मृति दिवसको अवसर पारेर आज गुल्मीको वामी टक्सारमा एक विचार गोष्ठी सम्पन्न भएको छ।

नेपाली कांग्रेस मुसिकोट नगर समितिको आयोजनामा रुद्रावती बहुमुखी क्याम्पस को सभाहलमा ३८ औं वीपी स्मृति दिवसको अवसर पारेर”बीपी चिन्तन आजको आवश्यकता”सम्बन्धमा विचार गोष्ठी आयोजना गरिएको हो ।

प्रथम जननिर्वाचित नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बि पी कोइरालाको नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको सम्झना गर्दै आज देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी बिपीको सम्झना गरिएको बताइएको छ।

यसै क्रममा गुल्मीको वामी टक्सारमा पनि नेपाली काँग्रेसका महत्वपूर्ण नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा विचार गोस्ठी सम्पन्न गरिएको नेपाली कांग्रेस मुसिकोट नगर समितिका सभापति सुदर्शन शाक्यले बताउनुभयो।

विचार गोष्ठीमा सम्पूर्ण वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारले निर्वाह गरेको भूमिकाको संस्मरण गर्दै विशेष गरेर महामानव विशेश्वरप्रसाद कोइरालाको भुमिकाको बारेमा प्रकाश पार्दै भनाइ हरू व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका वक्ताले स्व विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो जिबनमा विभिन्न दुःख कष्टहरु सहेर पनि जहाँनिया निरंकुश व्यवस्था लाई अन्त्य गर्नको लागि डटेर अगाडि बढेको बताउनुभयो।

अहिलेपनि नेपाली कांग्रेस मात्र नभएर सिंगो राष्ट्र नै संकटमा पर्दा सबैले स्व. विशेश्वरप्रसाद कोइराला लाई सम्झने गरेको धारणा वक्ताहरुले मन्तव्य क्रममा राख्नुभएको थियो।

विचार गोस्ठीमा नेपाली काँग्रेस गुल्मी जिल्ला कार्यसमिति का सचिव विष्णुकुमारी सापकोटा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो।

यसैगरी विशिष्ट अतिथिमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा महासमिति सदस्य महेन्द्र भण्डारी, नेपाली कांग्रेस पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा,महेन्द्र आदर्श माविका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा,नेपाली कांग्रेस गुल्मीका पूर्व जिल्ला सदस्य तथा समाजसेवी कृष्णहरि सापकोटा कार्यक्रमको बिशिस्ट अतिथीको रूपमा रहनुभएको थियो।

विचार गोष्ठीमा छाया सरकार प्रमुख झबिलाल भन्डारी,सक्रिय सदस्य शालिकराम सापकोटा,वरिष्ठ अतिथिहरु कृस्णहरि सापकोटा,हरीनारायण सापकोटा, महेन्द्र भन्डारी,प्रमुख अतिथि जिल्ला सचिव विष्णु कुमारी सापकोटाले मन्तव्य राख्नुभएको थियो।

रुद्रावती बहुमुखी क्याम्पस को प्राङ्गणमा केही फुल हरू रोपेर सहभागीहरू कार्यक्रममा सहभागी भएको बताइएको छ।महामानव बीपी कोइरालाको तस्बिरमा फूल माला लगाई उहाँको सम्झना गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस मुसिकोट नगरपालिका छाया सरकार प्रमुख झबिलाल भण्डारीको स्वागत मन्तव्य,नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ७ वडा कार्य समितिका सचिव तेजिन्द्र बहादुर जि सि को संचालन र मुसिकोट नगरसमितीका सभापति सुदर्शन शाक्यको सभापतित्वमा विचार गोष्ठी सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु