२०७९ असोज १० गत सोमवार | September 26, 2022

Bharat Poudel

गृहपृष्ठ इथियोपियामा आतंककारी हमला,कम्तीमा ३४ को ज्यान गयो,थुप्रै घाइते

इथियोपियामा आतंककारी हमला,कम्तीमा ३४ को ज्यान गयो,थुप्रै घाइते

अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए।

आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन।हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन्।

यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु