२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ आन्तरिक रास्ट्रियता बलियो नबनाएसम्म मुलुक सधै कमजोर हुने : ने.का नेता गुरुङ

आन्तरिक रास्ट्रियता बलियो नबनाएसम्म मुलुक सधै कमजोर हुने : ने.का नेता गुरुङ

नेपालमा ताकाधारी र मतवाली समुह गरी सारा नेपालीहरुलाई विभाजन गरिएको भन्दै आन्तरिक रास्ट्रियता बलियो नबनाए सम्म मुलुकको रास्ट्रियता सधै कमजोर हुने नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले बताउनु भएको छ।

नेपालका राजनीतिक दलहरु आफनै देशका नागरिकहरुलाई फुटाएर रास्ट्रियता कमजोर पारेको भन्दै सबै नेपालीहरुलाई एकिकृत गर्नका लागि नेपाली काङ्ग्रेसका सबै तहका कार्यकर्ता लाग्नुपर्नेमा नेता गुरुङको जोड थियो।

नेपाली जनसम्पर्क समिति साईप्रसले आयोजना गरेको कबिता प्रतियोगिताको अनलाईन कार्यक्रममा नेता गुरुङले पहाडका जनताहरुलाई दुख्दा मधेशका जनताहरुले साथ दिए र मधेशमा बाढी जादा पहाडका जनताहरुले साथ दिएझै कुनै समुदाय वा जातलाई विभेद गर्न नहुने तर्क समेत राख्नु भएको थियो।

जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद समेत रहेका नेता गुरुङले नेपालका केही नेताहरुको स्वार्थ पुर्तिका लागि आफनै देशका नागरिकहरुलाई देशद्रोही आँखाले हेरेर जनता भड्काउने कार्य प्रति सबै नेपाली समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो।

त्यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवं नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रुनुपर्ने स्थिति रहेको भन्दै नेपाल सरकारको नेतृत्व गरिरहेको नेताहरुले खोक्रो राष्टबादको नारा दिएर जनता गुम्राहमा पारेको बताउनु भएको थियो।

नेपाल सरकारले प्रवासी नेपालीहरुको रेमिटान्सलाई मात्रै स्वीकार्ने तर दुख पाईरहेका प्रवासी नेपालीहरुलाई उद्दार गर्न ध्यान नदिनु भनेको अत्यन्त खेदजनक कार्य भएको नेता संग्रौलाको भनाई थियो।

जनसम्पर्क समिति साईप्रसका महामन्त्रि कुमार सिहंको संचालनमा भएको कविता प्रतियोगितामा साईप्रसकी विष्णु काफ्ले प्रथम , द्धितिय अम्बिका थापा र तारा पौडेल ,तृतिय बिधिता भारती र चौथो सुमित्रा पाठक भएका थिए।

जससकी उप सभापति कर्चुगं ह्याल्मोको स्वागतमा भएको कार्यक्रममा गैरआवासिय नेपाली संघ साईप्रसका प्रवक्ता एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम ,नेपाल महिला सघंकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी ,तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुङ ,नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज ओली ,पत्रकार महासंघ बेल्जीयमका संयोजक ओम शर्मा ,जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर रानाको उपस्थिति थियो।

त्यस्तै  नेपाली जनसम्पर्क समिति दुबईका पुर्ब सभापति खेमराज बस्नेत ,जसस स्पेनका पुर्व सभापति चिन्तामनि सापकोटा,नेपाली काग्रेंस सुचना तथा संचार विभागका सदस्य गंगाधर गौतम,डा. नबिन बन्धु ,नेपाली जनसम्पर्क समिति साईप्रसकी उपसभापित पुष्पा मिश्र लगायतले आ -आफनो धारण राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु