गृहपृष्ठ सत्तारूढ नेकपाको बैठक बालुवाटारमा जारी
सत्तारूढ नेकपाको बैठक बालुवाटारमा जारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्।
गत शुक्रबार बसेको सचिवालयको बैठकले अर्को बैठकका लागि आजको मिति तोकेको थियो।
शुक्रबारको बैठकमा पाँच सचिवालय सदस्यले अध्यक्ष केपी ओलीलाई बुझाएको पत्र, केपी ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको पत्र, प्रचण्डले ओलीलाई पठाएको पत्र, सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र गत असारदेखि भदौसम्म बसेको स्थायी कमिटीको बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययन गर्नका लागि सदस्यहरुलाई बाँडिएको थियो।
प्रचण्डको प्रस्तावमा ओलीलाई आरोप लगाइएको भन्दै आजको बैठकबारे अन्याेल रहँदै आएको थियो। ओलीले बैठक स्थगित गर्ने प्रयास गरेका थिए। तर प्रचण्डले अस्वीकार गरेका थिए।
आजको बैठक छोटो समय बसेर नेकपा विवादका बारेमा थप मन्थन गर्न र नेताहरुबीच सहज सम्बन्ध बनाउनका लागि केही दिन स्थगित हुने आँकलन गरिएको छ।