२०७९ असोज ११ गत मंगलवार | September 27, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा बुधबार थपिए १ हजार ४४२ कोरोना संक्रमित,कुल संख्या झन्डै २ लाख १३ हजार पुग्यो

नेपालमा बुधबार थपिए १ हजार ४४२ कोरोना संक्रमित,कुल संख्या झन्डै २ लाख १३ हजार पुग्यो

नेपालमा बुधबार १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५३८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२५९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु