गृहपृष्ठ नेपालमा कोरोना संक्रमीत संख्या २ लाख १५ हजार पुग्यो
नेपालमा कोरोना संक्रमीत संख्या २ लाख १५ हजार पुग्यो

नेपालमा बिहिवार २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको २ लाख १५ हजार २० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २८५८ संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ संक्रमित निको भएका छन्।
त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म कोरोनाका कारण नेपालमा १२७६ जनाको मृत्यु भएको छ।