गृहपृष्ठ नेपालमा शुक्रबार थपिए १ हजार ९ सय ४५ कोरोना संक्रमित,कुल संख्या झण्डै २ लाख १७ हजार
नेपालमा शुक्रबार थपिए १ हजार ९ सय ४५ कोरोना संक्रमित,कुल संख्या झण्डै २ लाख १७ हजार

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ३६४ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण नेपालमा १ हजार २ सय ७६ जनाको मृत्यु भएको छ।