२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नेतागण जुट्ने बेला हो,फुट्ने समय होइन ,देश बनाउने हो ,जुहारी खेल्ने होइन

नेतागण जुट्ने बेला हो,फुट्ने समय होइन ,देश बनाउने हो ,जुहारी खेल्ने होइन

जनताको चासो र चिन्ता

अहिले नेपालको राजनीति र उत्पन्न राजनीतिक परिदृश्यको सन्दर्भमा धेरै नेपाली जानकार छन्।आम नेपालीको चिन्ता र चासो पनि उत्तिकै बढेको छ।

देशमा विकसित राजनीतिक घटनाक्रमले सबैलाई एकखालको चिन्ता बढाएको छ।पछिल्लो समय खासगरी सतहमा देखिएको नेकपा विवादले यतिखेर माहोल तातेको छ।विभिन्नथरी टिकाटिप्पणी भैरहेका छन्।

आ-आफ्नै तर्क र ब्याख्या

विश्लेषकले आ-आफ्ना धारबाट व्याख्या गरिरहेका छन्।कसैले अब नेकपा फुटिसक्यो,केवल औपचारिकतामा मात्र सिमित छ भन्ने टिप्पणी गरिरहेका छन् भने अर्कोथरी नेकपा पार्टी यस्तै हो।एकछिन विवाद ,बहस र घोचपेच हुन्छ।अन्तिममा नेताहरु मिल्छन् भन्ने विचार प्रस्तुत गरिरहेका छन्।

विवादनै प्रमुख समाचार

आजभोलि हरेक दिन टेलीभिजन ,पत्रपत्रिका ,रेडियो ,एफएममा प्रमुख समाचारनै नेकपा विवाद उत्कर्षमा यस्तै-यस्तै शिर्षक बनेर आउँछ।मानौँ विवाद बाहेक सहमति भन्ने शब्द शब्दकोषमा मेटिए जस्तो।नेताहरूको प्रवृतिले गर्दा यो वातावरणको सृजना भएको हो।

देशमा बिकासको लहर चाहिएको हो।

यसमा सायद फरक मत नहोला।देशको सबैभन्दा ठुलो दल,सत्ताधारी पार्टी,झन्डै दुई तिहाइको सरकार,जनताको आशा र भरोसा गरेर जिताएको पार्टीमा बारम्बार कलह देखिनु शुभसंकेत पक्कै होइन।देशमा बिकासको लहर चाहिएको हो,जनताका आवश्यकताहरु परिपुर्ति गर्ने स्थिर सरकार चाहिएको हो,दुरदराजका जनताका लागि सडकको संजाल चाहिएको हो,अस्पतालको अभावमा छट्पटीएका जनताको लागि अस्पताल चाहिएको हो।

फगतको झगडा र कलह देशलाई चाहिएको होइन।

नेताहरुका व्यक्तीअनुसारका इच्छा ,चाहना होलान्।त्यो आफ्नो निहित स्वार्थ पूरा गर्न वारम्बार झगडाको बीउ रोप्ने,जालझेल षडयन्त्र बुन्ने,कोठे बैठक बसेर एक-अर्का सिध्याउने खेल खेलेर आखिर फाइदा कसलाई त!यो समय समग्र नेतागण रास्ट्र विकासमा समर्पित हुने बेला होइन! अब झगडा गरेर,दिनप्रतिदिन गुटगत बैठक गरेर, अर्को पक्षलाई निमोठेर न सहमति निर्माण हुन्छ नत निकासनै निस्कन्छ।

आफ्ना निहित स्वार्थ त्यागेर जनताको लागि केही गर। चुनावमा आकर्षक नारा सुनाएर जनतालाई मुर्ख बनाउने!संसदमा खुट्टा हालेपछि आफुले टेकेको बैशाखी बिर्सने !

खै बिकास र समृद्धिको यात्रा?

मिठा,सुकिला,मुकिला,चर्का भाषण गरेर ,परर ताली बजाएर देशमा समृद्धि हुने वाला छैन।कम बोल्ने ,काम धेरै गरेर जनतालाई विश्वासमा लिने बेला हो। केपी ओली,प्रचण्ड,माधव ,झलनाथ अब देशको लागि सोचेर सहमति निर्माण गर।अझै पनि समय केही बाकी छ।

ती गरीब जनता जो एक छाक खान नपाएर सडकमा बिलौना गरिरहेका छन्,छट्पटाइरहेका छन्।उनीहरुको लागि सोच्ने बेला हो। ती जनताहरुको भोक प्यास मेटाउने कार्यमा जोड देउ।जनतालाई निरीह मुखदर्शक मात्र नबनाउ।अब पद र पावरलाई आमनेअसामने गरेर पार्टीलाई रोगी बनाउने,देशलाई अनिश्चयको घेराबन्दी बनाउने कुचेस्टा नगर नेतागण।

आज जनतालाई भरोसायोग्य काम गरेर देखाए मात्र नेकपाको प्रतिस्ठा रहन्छ।परिणाममुखी काम गरेर समाचारको पात्र बन।फगत विवादको समाचार बनेर हाडिगाउको जात्रा नबन।जय देश,जय जनता।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु