२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन

पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन

पोर्चुगलमा कोरोना संक्रमणका कारण पहिलोपटक एक नेपाली महिलाको निधन भएको छ।नेपालको भक्तपुर घर भएकी करिब ४०-४२ बर्षकी ती महिलाको  कोरोनाका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि पोर्चुगलको साउजउ स्तोरेलमा बस्दै आएकी उनी त्यहाँ परिवार सहित ब्यबसाय गर्दै आएकी थिइन्।निमोनियाबाट ग्रसित उनलाई  कासकाईस अस्पतालमा भर्ना गरिएको थियो।

झन्डै ४ हप्ता अस्पतालमा उपचार गरेपनि उनी कोरोनाबाट मुक्त हुन भने सकिनन्। अन्ततः उनको संक्रमणका कारण ज्यान गयो।उता भरमजदुर प्रयास गरेपनी बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ।

उनको मृत्युको खबरसँगै पोर्चुगलका नेपाली समुदायमा थप चिन्ता बढेको देखिन्छ।विभिन्न संघ -सस्था एवं नेपाली समुदायका व्यक्तीहरुले मृतक परिवारप्रती समवेदना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु