२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ गुल्मी सेवा समाज कतारको अधिवेशन सम्पन्न ,अध्यक्षमा कुमार पन्थी चुनिए

गुल्मी सेवा समाज कतारको अधिवेशन सम्पन्न ,अध्यक्षमा कुमार पन्थी चुनिए

“गुल्मी सेवा समाजको प्रतिवद्घता, नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर सन २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको आठौँ साधारण सभा सम्पन्न भएको छ। सभाले कुमार पन्थीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

सभा संस्थाका अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व तथा संरक्षक शिव खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमको खुल्ला सत्रमा संस्थाका प्रथम उपाध्यक्ष कुमार पन्थीले स्वागत मन्तव्य राखेका थिए। बिधिबत उद्घाटन गरीएको कार्यक्रममा २७ महिने लामो कार्यकालमा संस्थाले गरेका कार्य प्रगति विवरण सचिव कमल अर्यालले पेस गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरूले साँगीतिक प्रस्तुति दिएका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।खुल्ला शत्रको अन्त्यमा बोल्दै प्रमुख अतिथि खड्काले समाज उदाहरणीय संस्थाको रूपमा देश विदेशसम्म परिचित भएको बताए।

सचिव कमल अर्यालद्वारा सहजिकरण गरिएको सभाको समापन गर्दै सभापति आचार्यले आ-आफ्नो क्षेत्रबाट २७ महिने लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, कतारमा रहका गुल्मेली तथा सम्पूर्ण जनहरूमा कृतज्ञता प्रकट गरेका थिए।

साधारण सभाको दोस्रो चरण अर्थात् बन्द सत्रमा संस्थाका कोषाध्यक्ष सुरज चन्दले कुल १ लाख २३ हजार ३१७ रियाल आय र १ लाख ४ हजार ९१५ रियाल ब्ययको हिसाव प्रस्तुत गर्दै १८ हजार ४०२ रियाल बचत गरेको आयव्यय विवरण प्रस्तुत गरेका थिए।

बन्द सत्र पछिको सभाले आगामी २ वर्षको लागि कुमार अविरल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा कमल अर्याल, द्वितीय उपाध्यक्षमा मित्र बि. एस, , सचिवमा सुरज चन्द बोहरा , सह-सचिवमा दर्शन सुनुवार, कोषाध्यक्षमा कमल ज्ञवाली र सह-कोषाध्यक्ष देव लम्साल निर्विरोध निर्वाचित भएका छन्।

यस्तै महिला संयोजकमा कल्पना घर्ती निर्विरोध चयन भएकी छिन भने सदस्यहरूमा टिकाराम गौतम, यमलाल पोख्रेल, चक्र चन्द, सुमन चन्द, गोपाल बहादुर पछाई, कमल खत्री, कुमार राहादी मगर, बिमल सिंह कार्की निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक क्रान्ति सिंहले पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु