२०७७ माघ ९ गते शुक्रवार | January 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपालको पहिलो मनकामना केबुलकार २३ बर्षमा प्रवेश,थप स्तरीय सेवा प्रदान गर्ने

नेपालको पहिलो मनकामना केबुलकार २३ बर्षमा प्रवेश,थप स्तरीय सेवा प्रदान गर्ने

मनकामना केबुलकारले आफ्नो सेवाको २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले अहिलेसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। मनकामना केबुलकारले सन् १९९८ नोभेम्बर २३ तारिखबाट सेवा शुरु गरेको थियो।

केबुलकारले चाँडै नै सुरक्षाको मापदण्डसहित स्तरीय सेवा प्रदान गर्ने पनि जनाएको छ। स्थापनाको २३ वर्ष पुग्दा केबुलकारले झण्डै डेढ करोड जनसंख्यालाई सेवा प्रदान गरेको जनाएको छ। केबुलकारले वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको छ।

पछिल्लो समय केबुलकारले अनलाइन र इ-सेवाबाट समेत टिकट काट्नसक्ने व्यवस्था गरेको छ। मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले सुरक्षा मापदण्डलाई पछ्याउँदै छिट्टै सेवा सुरु गर्ने तयारी थालेको जानकारी दिए।

चितवन कोई समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित मनकामना केबुलकार आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो। यसलाई ट्रिप एड्भाइजरले निरन्तर चौथो वर्ष २०१८ का लागि उत्कृष्ट सेवाको प्रमाणपत्र दिएको छ।

चितवनको कुरिनटारबाट दस मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु