२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ नेपाली चेली प्रियना जसले कलाकारीताकै लागि लण्डन छाडेर स्वदेश फर्किन्

नेपाली चेली प्रियना जसले कलाकारीताकै लागि लण्डन छाडेर स्वदेश फर्किन्

उनका लागि सानैदेखि रुचीको विषय थियो नाच। स्कुलतिर नाच्न भनेपछि अगाडि सरिहाल्ने।लण्डन रहंदा विभिन्न स्टेजमा डान्स परफर्म गरेकी प्रियना आचार्यलाई कलाकारिताको ‘प्यासन’ ले सताइरह्यो। उनको लगावलाई बेलायतको पिआरले पनि छेकेन।

र, नेपाल फर्किएर कलाकारितामा लाग्ने निर्णय गरिन्। ‘पढ्दा पढ्दै मम्मी म नेपाल गएर कलाकारितामा केही गर्छु भनि’, लण्डनस्थित क्वालिफाइड नर्स आमा रेखा खरेल भन्छिन्, ‘२ वर्षअघि नेपाल फर्किएपछि माइली छोरीले धेरै फड्को मारेकामा हामीलाई गौरव छ।’

चितवनमा जन्मिएकी ‘मिस टिन टुरिजम ०१८’ प्रियना अहिले २० वर्षकी भइन्। तर, कलाकारितामा उनको चर्चा स्थापित परिपक्व कलाकारकै हैसियतमा बढेको छ।

‘नाइ नभन्नु ल’, ‘निगरानी’ र ‘मनमनै मन पराएं’ नामका तीनवटा नेपाली सिनेमामा बालकलाकारको भूमिका पनि गरेकी उनले नेपाल गएर करिब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन्। रंगमञ्चलाई एकसाथ लगेकी छन् उनले। उनको फूलटाइम समर्पण कलाकारितामै छ अहिले।

हरेक हप्ता नेपाल टेलिभिजनवाट प्रशारित हुने हांस्य श्रृंखला ‘भद्रगोल’ (अचेल सक्किगोनी) मा ‘मुन्नी’ पात्र बनेकी प्रियना दर्शकका लागि छोटो समयमै परिचित अनुहार बन्यो । फिचर फिल्मको अफर आएपनि कोभिड १९ का कारण प्रोजेक्ट स्थगित भएको प्रियना बताउंछिन्।

प्रियना अहिले हिमालयन टिभीबाट प्रत्येक साता प्रसारण हुने ‘डान्सिङ वीथ द स्टार्स’ को टप ६ मा पुग्न सफल भएकी छन्। वाइल्ड कार्डबाट इन्ट्री गरेकी उनलाई अब जनमतको अत्यन्त जरुरी छ। प्रियनाले आफूलाई भोट दिएर सघाउन अपिल गरेकी छन् । हाल लण्डनमै रहेकी आमा रेखा पनि बेलायतको नेपाली समुदायबाट आशावादी छन्।

भोटिङ प्रकृया यस्तो छ:
आइएमइ पे एप्स डाउनलोड गरेर
EVENT section मा जानुस् अनि Dancing with the stars Nepal मा click गर्नुस्।
प्रियनाको भोटिङ कोड १२ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु