२०७७ चैत ३० गते सोमवार | April 12, 2021

Bharat Poudel

गृहपृष्ठ युरोपियन देश साईप्रसमा पहिलो पटक १५ जना नेपालीहरुमा कोरोना संक्रमण देखियो

युरोपियन देश साईप्रसमा पहिलो पटक १५ जना नेपालीहरुमा कोरोना संक्रमण देखियो

युरोपियन देश साईप्रसमा पहिलो पटक १५ जना नेपालीमा कोरोना संक्रमण देखिएको गैरआवासिय नेपाली सघं साईप्रसले जनाएको छ।

एनआरएनएका अनुसार आइतबार मात्रै गरिएको चेकजाँचमा साईप्रसको पापोसमा ३ जना , लार्नाकामा २ जना र निकोसिया शहरमा १० जना गरि १५ जनामा कोरोना संक्रमणको विरामी देखिएका हुन्। यस्तै निकोसियामा ३ नेपालीको र्‍यापिड टेस्ट नतिजा पोजेटिभ आएको छ।

ती ३ जना सँगै एकै स्थानमा बस्ने अन्य ७ जनाको पिसिआर टेस्ट सोमवार हुनेछ र रिपोर्ट नआउन्जेल घरमै आईसोलेसनमा बस्न स्वास्थ्य अधिकारीहरुले सुझाएको एक विरामीले जानकारी दिए।

गत हप्ता पनि लिमासोलमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तिनै जना पनि अहिले होम आइसोलेसनमा छन्। प्राप्त जानकारी अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका नेपाली आइतबार निकोसियाको लिद्रामा घुमिरहेको भेटिएपछी तुरुन्तै आइसोलेसनमा बस्न पठाइएको बताइएको छ।

नेपाली समुदायमा एकाएक बढेको संक्रमणले नेपालीहरु कोरोनलाई अझै पनि मजाकको रुपमा लिईरहेको देखिएको छ। कोरोनाको दोस्रो लहर सँगै साईप्रसभरी रहेका नेपालीले अझै सतर्कता अपनाउन पर्ने देखिएको छ। एक संक्रमित नेपालीको निकट सम्पर्कमा कति नेपाली आए र कतिमा संक्रमण फैलियो भनेर आगामी केहि दिनमानै थाहा हुनेछ। पिसिआर टेस्ट पोजेटिभ आएका नेपालीसँग ट्र्याकिंग टिमले सम्पर्क गरि कन्ट्याक्ट ट्रेसिंग सुरु गर्नेछ।

साइप्रस सरकारले देशभरीनै निशुल्क कोरोना टेस्ट गराइ रहेको छ। र्‍यापिड प्रविधीबाट दस देखि १५ मिनेटमै नतिजा दिने हुनाले यसबाट पोजेटिभ देखिएका व्यक्तीलाई पिसिआर प्रविधीबाट पुन परिक्षण गराइने गरिएको छ। आइतबार पिसिआर टेस्ट बाट १८७ र एन्टिजेन र्‍यापिड टेस्टबाट १२१ मा कोरोना देखिएको हो।

देखिएका १२१ जनाको नतिजालाई पक्का गर्न पिसिआर परिक्षण गरिने मन्त्रालयले जनाएको छ। हालसम्म साईप्रस भरी ८,६८५ जना संक्रमित भैसकेका छन् भने ४४ जनाले ज्यान गुमाएका छन्।

यसरी ठुलो संख्यामा नेपालीहरुमा कोरोना संक्रमण देखिए पछि साईप्रसका नेपाली समुदायहरु चिन्तित भएको र संक्रमितहरुलाई रेखदेखका लागि गैरआवासीय नेपाली सघं साईप्रस लगायत विभिन्न समाजिक सघंसस्थाहरु तथा समस्त नेपालीहरुको कोरोना सम्बन्धि जनचेतनाका लागि एउटै स्वर हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु