२०७७ पुस २८ गते मंगलवार | January 12, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगलको टोरेस भेद्रेसमा एक कम्पनीमा काम गर्ने ९८ जना मजदुरमा कोरोना पुष्टी

पोर्चुगलको टोरेस भेद्रेसमा एक कम्पनीमा काम गर्ने ९८ जना मजदुरमा कोरोना पुष्टी

पोर्चुगलको टोरेस भेद्रेसमा रहेको एक फलफुल तथा तरकारी फ्याक्ट्रीमा काम गर्न ९८ जना मजदुरहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ।

आ दोस चुन्हादोसमा रहेको फलफुल तथा तरकारी उत्पादन र प्याकिङ गर्ने उक्त कारखानामा केही मजदुरमा कोरोनाका लक्षणहरु देखिएपछि उनीहरुमा सोमबार कोरोना परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको थियो। त्यसपछि त्यहाँ कार्यरत सबै मजदुरहरुको कोरोना परिक्षण गरिएको थियो, यो संख्या शनिबार ९८ पुगेको छ।

कोरोना संक्रमण पुष्टी भएका सबै ९८ जना मजदुरहरु आप्रवासी रहेको र सबैमा कोरोनाक सामान्य लक्षणहरु मात्रै देखिएको लुसाले जनाएको छ। त्यस फ्याक्ट्रीमा काम गर्ने अधिकांस मजदुरहरु दक्षिण एसियाली मुलक रहेका छन्।

संक्रमित भएका सबै मजदुरहरु आवासका लागि कोठा शेयर गर्दथे। उनीहरुलाई घरमा आसोलेशनमा राख्न सम्भव नभएकोले संक्रमित ९८ जना सहित उनीहरुको सम्पर्कमा भएका १३८ जनालाई गल्फ मार होटल र दिओचेसन स्प्रिचुवल सेन्टरमा राखिएको छ।

टोरेस भेद्रेसमा हालसम्म एक हजार ९८ जना संक्रमित भएका छन् भने  ७५७ जना उपचार पश्चात निको भईसकेको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै अहिले ३२२ जना कोरनाका सक्रिय बिरामी रहेको १९ जनाको ज्यान गएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

source:voice of nepal tv

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु