२०७७ माघ १ गते बिहीवार | January 14, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ रुसमा बनेको खोप सुलभ र प्रभावकारी

रुसमा बनेको खोप सुलभ र प्रभावकारी

रुसमा बनेको कोभिड-१९ खोप स्पूतनिक-भी परीक्षणको क्रममा कोरोनासँग लड्न ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

क्लिनिकल परीक्षणको दोस्रो सुरुवाती विश्लेषणमा उक्त कुरा पुष्टि भएको हो। पहिलो डोज दिएको २८ दिनपछि उक्त खोपले ९१.४ प्रतिशत प्रभावकारी देखिएको थियो। पहिलो डोज दिएको ४२ दिनपछि यसको प्रभावकारिता बढेर ९५ प्रतिशत पुगेको हो।

खोप बनाइरहेको ग्यामेलिया नेशनल रिसर्च सेन्टर फर इपिडेमोलोजी एण्ड माइक्रोबायोलोजीले उक्त दावी गरेको छ। खोपको दुई डोज ३९ संक्रमितसँगै १८ हजार ७९४ अन्य बिरामीलाई खोपको परीक्षण भइरहेको छ।

मंगलबार उक्त खोपको मूल्य पनि सार्वजनिक गरिएको छ। रुसका नागरिकका लागि यो खोप निशुल्क हुनेछ। अन्य देशका लागि भने रुसले खोपलाई १ हजार १२० रुपैयाँभन्दा कम हुनेछ।

विदेशमा खोपको उत्पादन र प्रवर्द्धनको काम गरिरहेको रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फण्ड (आरडिआइएफ)को प्रमुख किरिल दिमित्रिएवका अनुसार स्पुतनिकको मूल्य अन्य खोपहरुको तुलनामा एकदमै सस्तो हुनेछ।

आरडिआइएफका अनुसार उक्त खोपको मात्र दुई मात्रा लगाउनुपर्नेछ। एमआरएनए प्रविधिबाट बनेको अर्को खोपको मूल्य स्पुतनिकको भन्दा तीन गुणा बढी हुनेछ।

आरडिआइएफले अन्य देशहरुका सहयात्रीसँग मिलेर २०२१ मा ५० करोडभन्दा धेरै मानिसका लागि खोप उत्पादन गर्न सम्झौता भइसकेको छ।

उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा पनि सुरक्षित राख्न सकिन्छ। यसो हुँदा यसको अन्तर्राष्ट्रिय वितरण धेरै सहज हुनेछ।

खोपको सर्वसाधारणको लागि रुसमा पहिलो उपलब्धता जनवरीमा हुनेछ। विदेशमा भने २०२१ को मार्चसम्म पुर्‍याउन सकिने विश्वास लिइएको छ।

खोपको अहिलेसम्म कुनै पनि नकरात्मक असर देखिएको छैन। परीक्षणको तेस्रो चरणमा ४० हजार स्वयम्सेवी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु