२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पाेर्चुगलमा ऋण दिने कोही छ ? (काेराेना डायरी )

पाेर्चुगलमा ऋण दिने कोही छ ? (काेराेना डायरी )

शीर्षक सन्दर्भमा

याे शीर्षक हेर्दा हजुरहरुलाई अचम्म लागे हाेला। हजुरहरुले साेच्नु भयाे हाेला की याे मान्छे पक्कै व्यापार व्यावसाय गर्न ऋण खाेजिरहेकाे छ हाेला। यस्ताे काेराेनाले ब्यापार-व्यवसाय थिलाे थिलाेे पारिरहेकाे बेला ऋणनै काडेर के गर्न खाेज्या हाेला!

आदिईत्यादि प्रश्नहरु हजुरहरुकाे मनमा पक्कै पनि खेले हाेलान्। जुन स्वभाविक हाे। म एउटा श्रमजीवी श्रमिक हु ,पाेर्चुगलमा । म ब्यापार-व्यवसाय गर्ने हैसियत राख्दिन र मेराे व्यक्तीगत कुराकाे लागि र मेराे लागि मात्र ऋण मागिरहेकाे छैन। याे ऋण हाम्रो लागि मागिरहेकाे छु।

पाेर्चुगलमा काेराेनाकाे पहिलाे चरणमा देखिनै धेरैजसाे व्यवसाय धरासायी भए। धेरै जना नेपालीहरुले आफ्नाे राेजगार गुमाउन बाध्य भयाैं भने धेरै जना व्यवसायिहरु पनि ठुलाे क्षति बेहाेर्न बाध्य हुनुभयाे।

जाे सँग पाेर्चुगलकाे कार्ड छ र राम्रो कम्पनीमा आबद्ध रहेर काम गर्नुु भएकाे थियाे। उहाहरुले पक्कै पनि फुन्दाे खाएरै भएपनि जीवन निर्वाह गरिरहनु भएकाे छ। तर जसलाई कम्पनिले बिना जानकारी, बिना पेपर कामबाट निकाल्याे र जाेसँग पाेर्चुगलकाे कार्ड थिएन। उहाँहरु उक्त सुबिधाबाट बन्चित हुनुभयाे। उहाँहरुकाे ठाउमा उभिएर हेराै त एक पटक।

जाे काेराेना भन्दा पहिलेे नेपाल जानुभयाे र काेराेना माहामारि कै बीच पुनः पाेर्चुगल आउनुभयाे।न त उहाहरु सँग फुन्दाे खाने अधिकार रह्याे न त जागिर नै। उहाँहरुकाे ठाउँमा उभिएर हेराै त एकपटक।

केही साथिहरु कृषि कम्पनीहरुमा काम गरिरहनुभएकाे थियाे। जसले गर्दा बेरोजगार भएर बसेकाहरुलाई अैचाेपैचाे गर्न, सरसापट गर्न सजिलाे भएकाे थियाे तर अब कृषिमा पनि अफसिजन शुरु भएपछि कृषिकम्पनीमा काम गर्नेहरुकाे बेहाल शुरु हुन थालिसक्याे।

काेराेनाकाे पहिलाे चरणलाइ कम क्षतिका साथ पार गरेकाे पाेर्चुगलमा काेराेनाकाे दाेस्राे चरण निकै आक्रामक रुपमा अघिबढिरहेकाे छ। यसले याे देशकाे अर्थतन्त्र , ब्यापार-व्यवसाय र राेजगारिकाे अवस्थालाई कतिसम्म क्षतबिच्छेद पार्ने हाे, त्याे हेर्न बाकीनै छ।

यसले हाम्राे समुदायमा पार्ने प्रभाव काे बारे कुन फाेरममा छलफल हाेला ? कसले हाम्रो पिडाकाे बारे छलफल चलाउला? र हामीलाई याे कठिन घडिमा पार लगाउने याेजनाहरु ल्याउला? खै कतै केही काेहि देखिदैन! हाम्रो दुखपिडामा मलम पट्टि गर्ने। छन दर्जनाै संघसस्था तर खै के खै कै! भैगाे यिनिहरुकाेबारे धेरै कुरा नगराै , देखे भएकाे कुरा लेख्याे, उल्टै हामिमानै महासयहरुले नेगेटिभिटि देख्छन्।

पाेर्चुगलमा काेराेनाकाे दाेस्राे लहर शुरु भएकाे छ।

देशमा विभिन्न क्षेत्रहरुमा कडाई गरिएकाे छ। बिनाकाम बाहिर ननिस्कन अनुराेध गरिएकाे छ। निस्कनै परे सम्पूर्ण सुरक्षा अपनाएर मात्र निस्कन आग्रह गरिएकाे छ। सरकारले गरेकाे आग्रह स्विकार नगर्नेहरुलाई कानुनि कार्वाही पनि अगाडि बढाएकाे छ। याे सबै तपाईंहाम्राेे स्वास्थ सुरक्षाकाे लागि ल्याएका नियमहरु हुन् र यिनिहरुकाे पालना गर्नु हाम्राे कर्तव्य र दायित्व पनि हाे।

काेराेना तपाईंहाम्रो वरिपरि घुमिरहेकाेे याे संकटकाे बेला , हाम्रो सानाे गल्तीले ठुलाे क्षति बेहाेर्न बाध्य हुनेछाै। त्यसैले पछि पछुताउनु भन्दा समयमै सचेत बनाै। आखिर याे प्रदेशनै हाे , साेचाै त हामिलाई केही भईहाल्याे भने काे छ हाम्रो लागि यहाँ। प्रायजसो साथिहरुले खल्तिमा युराे हुन्जेल र रेष्टुरेन्टमा बियरकाे पैसा तिरुन्जेल सम्म साथ दिने हुन्।

संघसस्थाहरुकाे बेहालकाेबारे सबै अवगतनै छाै। भन्ने गरिन्छ नि ,आफ्नै शरिरले त दुखमा साथ दिन गाह्राे मान्छ भने अरुकाे के भर गर्नु! त्यसैले बेलैमा सचेत बनाै , बिना काम बाहिर ननिस्काै ।ह्या मेरै साथि त हाे नि भन्दै बिना सुरक्षा सम्पर्कमा नजाऔ।

अन्तिम दुई हप्ता देखि मेराे धेरै चिनेका र नचिनेका साथिहरुसँग सम्वाद भईरहेकाे छ। सबैजसाेकाे एउटै आग्रह छ: लाैन कतै काम छ भने सहयाेग गर्नुस् है। बर्बाद भयाे, काम नपाएकाे ४/५ महिना बढि भयाे, सरसापट दिने साथि पनि अब त आफ्नै लागि सापट खाेज्नेे अवस्थामा पुग्याे।

उनीहरुमध्ये कसैले लाैन राहतकाेे खाेजि गर्नुपर्याे ,लाैन सहयाेग गर्नु पर्याे भनेका छैनन्। सायद यहीँ हाेला हामी नेपालीकाे स्वाभिमानी।हामि सकेसम्म मागेर हाेइन की श्रमगरेर बाच्न चाहान्छाै। हामीलाई चन्दासहयाेग स्वरुप हाेईन ,ऋणकाे रुपमा पैसा दिने काेहि छ ?आखरि सबै मिलेर बाच्नै पर्याे ,याे मैले मात्र भनेकाे हाेइन एकजना साथिले कुराकानीकाे क्रममा पाेखेकाे गुनासाे हाे।

अहिले बाच्नकै लागि सरसापटी  खोज्ने मेलो

सरसापटी खाेजिरहेका हामी धेरै छाै ,याे संकटकाे बेला सरसापटी गरेरै भएपनि बाचाै ,पछि कामशुरु भएपछि ऋण तिराैला भन्ने हामी धेरै छाै। तर हामीलाई ऋण दिने काेही छैन। टन्न पैसा भएका संघसस्थाहरु पनि छन्।के अब ती सस्थाहरुले दुखिकाे लागि सित्तै त अबस्य दिदैनन्! हामी सित्तैमा पनि माग्दैनाै। तिनीहरुले समस्यामा परेकाहरुकाे लागि ऋण अभियान चलाए हुदैन र ! यसाे गर्दा सम्बन्धित सस्थाहरुकाे पैसा पछि फिर्ता हुनेछ भने , पीडितले जीवन निर्वाह गर्ने छाै।

जब हामी सँग राेजगार हुनेछ तब त्याे ऋण चुक्ता गर्ने छाै। यस्ताे अभियानले याे संकटकाे बेला पक्कै केही सहजता प्रदान गर्नेछ।

नेपालीमा उखान छ: “अनिकालमा बिऊ जाेगाउ संकटकालमा ज्यान जाेगाउ”। अहिले हामी यहि परिस्थितिकाे सामना गरिरहेका छाै। त्यसैले याे बेला आफु पनि बाचाै र अरुलाई पनि बाच्न सहयाेग गराैं। यसकाे लागि संघ-सस्थाहरुले आफुसँग भएकाे युराेकाे तिजाेरी खाेल्ने हिम्मत गर्नु पर्दछ र मिलिजुलि बाचाै भन्ने साेचकाे बिकास गर्नु पर्दछ।

याे ज्यान जाेगाउने बेला हाे , अरु कुरा हुँदै जान्छ र गर्दै जाउला। अब त अत्ति भाे ,कसैले त गराैन। कसैले त खाेजाैन हामी सबै सँगै बाच्ने उपाय। जहाँ म सँगसँगै हामी बाच्न सकाै। काेही त आओस् न ,तिमीहरुकाे दुखमा साथ दिने हामि छाै प्रदेशमा भन्दै।

बाबाआमा स्वदेशमा हुँदै गर्दा पनि हामी प्रदेशमा टुहुरा भएका छाै। हामी कसलाई सुनाउने हाम्राे पीडा , दुखपर्दा कहाँ गएर खाेल्ने दुखकाे पाेकाे, रुन मनलाग्दा कहाँ गएर धितमरुन्जेल रुने , काेही त आओस् न हाम्राे अभिभावक बनेर प्रदेशमा।

जय देश,जय नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु