गृहपृष्ठ नेपालमा बुधबार थपिए १ हजार ९ सय ४८ कोरोना संक्रमित,कुल संख्या १ लाख २६ हजार नाघ्यो
नेपालमा बुधबार थपिए १ हजार ९ सय ४८ कोरोना संक्रमित,कुल संख्या १ लाख २६ हजार नाघ्यो

नेपालमा बुधबार थप एक हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन्। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ। साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ।