२०७८ वैशाख ४ गते शनिवार | April 17, 2021

Bharat Poudel

गृहपृष्ठ विश्व फुटवलका महान खेलाडी म्यारोडोनाको असायमिक निधन

विश्व फुटवलका महान खेलाडी म्यारोडोनाको असायमिक निधन

विश्वका महान फुटवलर अर्जेन्टीनी डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। उनको कार्डियक अरेष्टका कारण निधन भएको बिबिसीले जनाएको छ।

यसै महिना उनको मस्तिष्कको पनि अप्रेसन गरिएको थियो। यो अप्रेसनको दुई साता पछि नै उनको निधन भएको हो। म्यारोडोनाको सबै भन्दा फुटबलमा चर्चा सन् १९८२ बाट शुरु भएको थियो। त्यस बेला उनी २१ बर्षको उमेरमै स्टार खेलाडीको रुपमा स्थापित भएका थिए।

त्यस पछि सन् १९८६ मा उनको कप्तानीमा अर्जेन्टिनाले विश्वप फुटवल जीतेको थियो। म्यारोडोनाले अर्जेन्टिनाको लागि खेल जीवनभरमा ९१ म्याच खेलेका थिए। जसमा उनले ३४ गोल गरेका थिए।

उनले ड्रग्सको कुलता कारण उनलाई सन् १९९१ मा १५ महिनाको लागि खेलमा प्रतिवन्ध पनि लगाईएको थियो। उनले सन् १९९७ मा आफ्नो ३७ औं जन्म दिनको अवसर पारेर व्यवशायीक फुटवलबाट सन्यास लिएका थिए। उनले बार्सिलोना र नापोली जस्ता प्रशिद्ध क्लबका लागि पनि खेलेका थिए।

उनी त्यस पछि सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय फुटवल टोलीका कोच बनाईएका थिए। तर सन् २०१० को विश्वकपको क्वाटर फाईनलमा जर्मनीसगँ पराजीत भए पछि उनले यो पद छाडेका थिए। म्यारोडोना सधैँ १० नं जर्सी लगाउने गर्दथे। उनलाई ब्राजिलीयन महान् फुटवलर पेलेसगँ जोडीको रुपमा चर्चा गर्ने गरिन्छ।

उनी मेक्सीको र युएईको टिमको ईन्चार्ज समेत भएका थिए। म्यारोडोनाको निधन पछि संसारभरबाट श्रदाञ्जली आउने क्रम जारी रहेको छ। महान फुटवलर पेलेले आफूले प्रिय र महान साथी गुमाएको प्रतिकृया दिएका छन्। पेलेले भावुक समवेदना पोख्दै भनेका छन्, प्रिय मित्र हामी स्वर्गमा पनि सँगै फुटवल खेल्ने छौँ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु