२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ गुल्मीको इस्मा गाउँपालिकामा जिप दुर्घटना,५ जनाको घटनास्थलमै ज्यान गयो

गुल्मीको इस्मा गाउँपालिकामा जिप दुर्घटना,५ जनाको घटनास्थलमै ज्यान गयो

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

हुलबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३५ वर्षीय शिवबहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कयार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक १६ वर्षीय कमल हितान घाइते भएका छन। चालक २४ बर्षीय बुद्ध बस्नेत सकुशल रहेको उपाध्यायले जानकारी दिए।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको छ। जिप अनियन्त्रित भई सडकबाट ५ सय मिटर भन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु