गृहपृष्ठ “जागौ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा भट्टराई
“जागौ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा भट्टराई

“जागौ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा शक्ति भट्टराई चयन भएका छन्। एक अनलाइन भेलाले अभियानको उपसंयोजकमा सरिता मल्ल ठकुरी, साईप्रस, सचिवमा सुनिल खतिवडा, जर्मन चयन गरेको हो।
अभियानको प्रवास समिति अनलाईन बैठक मार्फत युरोप स्तरीय समिति बनाउने उद्देश्यकासाथ नयाँ समितिलाई जिम्मेवारी दिएको प्रवास समितिका संयोजक सन्तोष तिमिल्सिनाले बताउनु भएको छ।
विश्वका विभिन्न मुलकमा कार्यरत नेपालीहरुसँग हातेमालो गरेर लैंगिक हिंसा, भ्रष्टाचार आदि विकृतिहरुको बिरुद्धमा संचार माध्यम तथा सामाजिक संजाल मार्फत खबरदारी गर्दै सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न यो समिति गठन गरिएको हो।
विश्वका ३० देशमा कार्यरत नेपालीहरु अभियानको संजालमा आबद्ध भएको बताइएको छ। युरोप संयोजक भट्टराई पोखरा छोरेपाटन घर भैइ लामो समय पत्रकारीता र सामाजिक सेवामा सक्रिय रहदै आउनु भएको छ।१० बर्ष अमेरिका बसेका भट्टराई व्यावसायिक सिलसिलामा हाल पोर्चुगल हुनुन्छ।