२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ अनार कुन रोग लागेका व्यक्तीले खानुहुदैन!जानीराख्नुहोस् …

अनार कुन रोग लागेका व्यक्तीले खानुहुदैन!जानीराख्नुहोस् …

शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि अनार निकै राम्रो स्रोत हो। त्यसैले चिकित्सकहरुले अनार खान सुझाव दिन्छन्। अनार फाइबरले भरपुर हुन्छ। यसले तौल कम गर्छ। तर, केही व्यक्तिहरुका लागि अनार खानु खतरनाक हुन्छ।

एलर्जी
एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन। यसले एलर्जीको समस्या झन् बढाउँछ। शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ।

न्यून रक्तचाप
रक्तचाप कम ( लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ। जसले ‘बिपी फल’ गराउँन सक्छ। यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ।

खोकी वा इन्फ्लुयन्जा
चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ।

कब्जियत र ग्याष्ट्रिक
अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ। अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ।

मानसिक समस्या
यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ। किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ। र दिमागको नसा चिसो बन्न सक्छ।

कहिले खाने ?
बिहान अनार खानु निकै फाइदाजनक हुन्छ। यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ। त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु