गृहपृष्ठ गुल्मीको वामीटक्सारमा अस्पताल भवनको शिलान्यास
गुल्मीको वामीटक्सारमा अस्पताल भवनको शिलान्यास
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७,वामीटक्सार बजारमा निर्माण हुने १५ शैंयाको सरकारी अस्पताल भवनको शिलन्यास गरिएको छ।
हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको अस्पतालको नेपाल सरकारका पुर्ब मन्त्री तथा गुल्मी जिल्ला क्षेत्रनं २ का सभासद गोकर्णराज बिस्टले शिलन्यास गर्नुभएको हो।
शिलन्यास कार्यक्रममा पुर्ब मन्त्री तथा गुल्मी जिल्ला क्षेत्रनं २ का सभासद गोकर्णराज बिस्टले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट बताऊनु भयो। “बजेटको सुनिश्चितता म गराउँछु। तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस्।
” प्रमुख अतिथि बिस्टको भनाई रहेको थियो।नेता विष्टले नेपाली राजनीतिमा राम्रो संस्कार विकास हुन नसकेकाले बेलाबेलामा समस्याहरु देखा पर्ने गरेको बताऊनु भयो। उहॉले पार्टीभित्र कलह र अन्तर्द्वन्द्व देखिए पनि यसको हलहुने बताऊनु भयो।
विष्टले ‘मृत्युशैयामा पुगिसकेको राजतन्त्र जस्तासुकै आन्दोलन गरे पनि नफर्कने दाबी गर्नु भयो”।