गृहपृष्ठ सुनचाँदीको भाउ लगातार ओरालो लाग्ने क्रममा
सुनचाँदीको भाउ लगातार ओरालो लाग्ने क्रममा
नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ।सोमबार तेजावी सुनको तोलामा ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो।
आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।
आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।