२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नियमित काजु खानाले शरीरका लागि निकै लाभदायक

नियमित काजु खानाले शरीरका लागि निकै लाभदायक

महँगो ड्राइ फ्रुट हो काजु। महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन्। ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु-याउने खाद्य हो।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ। यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

यी हुन् नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ। जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ। – हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ।

– कोलेस्टेरोल घटाउन सहयोग पु-याउँछ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु