गृहपृष्ठ सरकार संचालनमा पार्टीबाटै अवरोध गरिएको छ:प्र.म.का प्रेस सल्लाहकार थापा
सरकार संचालनमा पार्टीबाटै अवरोध गरिएको छ:प्र.म.का प्रेस सल्लाहकार थापा

पत्रकार महासंघ युरोप शाखाले सेप्टेम्बर २९ तारिख ३९ औ शृंखलामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार, प्रचार बिभाग उपप्रमुख तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुर्य थापासँग समसामयिक बिषयबस्तुमा छलफल गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
२०१५ मा बिपी कोइरालाको नेतृत्वमा दुई तिहाइ बहुमत प्राप्त सरकार र पंचायत काल हुँदै अहिले सम्म धेरैको नेतृत्वमा सरकार परिवर्तन हुदै गर्दा रास्ट्रिय बहसमा अहिलेको सम्माननीय केपी शर्मा ओलीको सरकारले धेरै महत्वपूर्ण कामहरु गरेको बिशेष कार्यक्रमका अतिथि शुर्य थापाले बताए।
सरकारलाई सबै क्षेत्रबाट सहयोग भएको भएतापनि आफ्नै पार्टीका केही व्यक्तीहरुबाट असहयोग हुँदैगएको र सरकारको हरेक क्रियाकलापमा पार्टीको हस्तक्षेप हुनाले सोचेको जस्तो र जनादेश अनुसारको काम गर्न नसकिएको तितो यथार्थ प्रस्तुत गरेका थिए।
पार्टीले पार्टीकै नियम र बिधान अनुसार चल्नुपर्ने तर सरकार सबैलाई समान भावना लिएर विधिको शासन अबलम्बन गर्दै चल्नुपर्नेमा जोड दिदै सरकारको हरेक क्रियाकलापमा स्वतन्त्र भएर काम गर्न पाउनुपर्नेमा पार्टीपंतिमा रहनुभएकाहरुको ध्यानाकर्षण गराएका थिए।
पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रधानमन्त्री माथी लागाइएको आरोप सहितको प्रतिबेदनमा खण्डन गर्दै सबै आरोपहरु गलत रहेको जिकिर गरेका थिए।
पत्रकारको पटक- पटक प्रधानमन्त्री ओली पहिलो बरियतामा रहेको तपाई मात्र भन्नुहुन्छ अरुले भन्दैनन्नी ? भन्ने जिज्ञासाको जवाफ दिदै पार्टीको माइन्युट बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली बरियताको पहिलो स्थानमा अध्यक्ष रहेको र पुष्पकमल दाहाल दोस्रो बरियतामा रहेको भन्दै प्रचण्डले आरोपहरु लगाउदा प्रमाणित हुन नसक्ने अवस्थाका छन् भने विधि सम्मत नभएका र प्रधानमन्त्री ओलीले ५३ बुदे प्रतिबेदन पदाधिकारी समितिमा पेश गरेको जानकारी गराएका थिए।
अन्य देशको शासकिय ब्यबस्थाहरुको उदाहरण सहित हाम्रो देशको शासकिय ब्यबस्था कस्तो रहेको छ भन्ने पत्रकारको जिज्ञासामा जवाफ दिदै अरु देशको भन्दा फरक प्रकारको र संबिधान बमोजिम संसदीय ब्यबस्था अनुसार सुधारिएको संघिय संसदीय ब्यबस्था रहेको विश्वकै उत्कृष्ट ब्यबस्था रहेको हुनाले समाजबाद उन्मुख सुधारिएको व्यबस्थाको रुपमा बुझ्नुपर्ने हुन्छ भने जनताको इच्छा बमोजिम र मौलिक ढंगले बनाइएको ब्यबस्था हो।बहुदलीय ब्यबस्थामा प्रधानमन्त्रीलाइ निर्दलीय व्यवहार गर्न मिल्छ? भन्दै प्रतिप्रश्न गरेका थिए।
गुमेको नेपालको भूभाग लिपुलेक, लिम्पुवाधुरा र कालापानी नेपाली नक्सामा राख्न सफल प्रधानमन्त्री ओलीकै पालामा फिर्ता हुनेमा कुनै शंका नगर्न आग्रह गरेका थिए।
पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर पार्टी फुट्ने कुरा हुँदैन्। दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ। बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना देखिदैन, अन्तमा पत्रकारको प्रश्नमा जवाफ दिएका थिए।
झन्डै दुई घण्टा लामो लाइभ बिशेष कार्यक्रमको सभापतित्व संघका अध्यक्ष केजिन राईले गरेका थिए भने कार्यक्रमको संचालन कावा महासचिब द्रोण रिजाल लगाएत कार्यसमिति सदस्यहरु राज कुमार थापा, रविचन्द्र भट्टराई,प्रेम परियार, सरला कट्टेल, गोमा खरेल, प्रेम पोमु र बेलायत बाट पत्रकार चिरण शर्मा, पोर्चुगलबाट कलश खरेल समेतको उपस्थिति थियो।