२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ गुल्मीका यादव अर्याल कहिल्यै नफर्किनेगरी जापानमै अस्ताए

गुल्मीका यादव अर्याल कहिल्यै नफर्किनेगरी जापानमै अस्ताए

एक दशक भन्दा बढी समयदेखि जापान बस्दै आएका गुल्मी चन्द्रकोट गाउँपालिका तुराङका  यादव प्रसाद अर्याल अब कहिल्यै नफर्किने गरि विदा भएका छन्।

सबै ठिकठाक चलिरहेको थियो।हसिलो मान्छे,सबैलाई सहयोग गर्नु पर्छ भन्ने भावबाट वोतप्रोत एक सामाजिक व्यक्तीत्व पनि थिए अर्याल। श्रीमती र दुई छोरा सँगै बस्दै आएका अर्याल बाकी सपना पूरा नहुँदै सदाका लागि अस्ताए।

आइतबार राति स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अर्याललाई योकोहामा रहेको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।यद्यपि अस्पताल लगेको केही समयपछि नै अस्पतालले मृत घोषणा गरेको थियो।

उनको मृत्युको खबरले जापान रहेका नेपाली संघ-सस्था,विभिन्न नेपाली समुदाय तथा विशेषगरि गुल्मेलीबासीहरु स्तब्ध बनेका छन्।

एक असल र सामाजिक व्यक्ती अल्पायुमै गुमेको कारण पनि जापानमा रहेका गुल्मीबासीहरु निकै दुखी बनेका छन्।प्रक्रिया पूरा गरेर आगामी शनिबार स्वर्गीय अर्यालको अन्तिम दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु