गृहपृष्ठ गायक एवं कार्यक्रम संचालक आदित्य नारायण झा बिबाह बन्धनमा
गायक एवं कार्यक्रम संचालक आदित्य नारायण झा बिबाह बन्धनमा

बलिउडका सफल गायक उदितनारायण झा का छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन्। गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन्।
मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन्। आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए।
कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए। बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए। एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन्।आदित्यको बिहेको पार्टी आज आयोजना गरिएको छ। तर, बिहे पार्टीमा पनि निकै कम मानिसहरुलाई मात्र बोलाइएको छ।