२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ स्वर्गीय सापकोटाको सम्झनामा शोकसभा कार्यक्रम सम्पन्न

स्वर्गीय सापकोटाको सम्झनामा शोकसभा कार्यक्रम सम्पन्न

गुल्मी वामीटक्सारका सरसफाई अभियान्ता स्व. हरिप्रसाद सापकोटाको स्वर्गारोहण भएको नबौं पुन्य तिथीको अवसरमा उहॉको संझनामा आज उहॉकै निवासमा शोकसभा कार्यक्रम सम्पन्न भएको छ।

नेकपा मुसिकोट वडानं ७ को वडा कमिटी गुल्मीले सरसफाई अभियान्ता तथा आफ्नो पार्टी संगठित सदस्य स्व. हरिप्रसाद सापकोटाको स्वर्गारोहण भएको नबौं पुन्य तिथीको अवसरमा उहॉको संझनामा शोकसभा कार्यक्रम आयोजना गरिएको हो।

शोकसभा कार्यक्रममा नगर इन्चार्ज जीवन खरेल,नगर कमिटी सचिब अग्निधर लोहनी,वडानं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,नेकपा वडानं ७ का पार्टी कमिटी ईन्चार्ज भुवन बहादुर के सी ले शोक मन्तब्य राख्नु भएको थियो।

यसै गरी बिभिन्न संघ संस्था हरूको तर्फ बाट शोकपत्र बाचन गरिएको थियो।शोकपत्र बाचन गर्ने हरूमा क्रमश वामी विस्व सम्पर्क मन्चको तर्फ बाट ज्ञानेश्वर काफ्ले,रूद्रावती बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख रामु तिवारी, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन कृषक समुहका सचिब कमल प्रसाद खरेल,गोल्डेन बोर्डिङ स्कूल बाट युबराज भट्टराई, जनसेवा आमा समुहको तर्फ बाट सरीता कक्षपतीले शोकपत्र बाचन गर्नु भएको थियो।

स्वर्गीय हरिप्रसाद सापकोटाको योगदान र देन हजारौ बर्ष सम्म अटल र अमर रहोस भन्दै शोकसभामा उपस्थित हरूले स्व.आत्माको चीरशान्ति एबम बैकुण्ठ बासको कामना गर्नु भएको थियो।

शोकाकुल परिवार तथा आफन्त जनमा भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना सहित हार्दिक समवेदना ब्यक्त गरिएको थियो।

स्व. सापकोटाका ३ छोरा हरूले वामीटक्सार बसपार्कमा सागर स्टोर्स सन्चालन गर्दै आऊनु भएको छ।उहॉका माईला छोरा श्रीकृस्ण सापकोटा सामाजिक कार्यमा समेत सकृय हुनुहुन्छ।

कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष गोपीकृष्ण खरेलले र सन्चालन राजन सापकोटाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु