गृहपृष्ठ एनआरएनएद्वारा विधान परिमार्जनका लागि सुझाव माग
एनआरएनएद्वारा विधान परिमार्जनका लागि सुझाव माग

गैर आवासीय नेपाली संघ केन्द्रले आगामी बार्षिक अधिवेशनमा प्रस्तुत गर्ने गरी विधान परिमार्जनका लागि राय संकलन माग गरेको छ। यसै सन्दर्भमा एक बिज्ञप्ति मार्फत सूचना जारी गरेको छ। हेर्नुहोस् सूचना जस्ताकोतस्तै….
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय विधान समितिको सूचना
आदरणीय अग्रज तथा अभियन्ताज्यूहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एबम् रास्ट्रिय समन्यव परिषद
बिषय: भर्चुअल बैठकमा उपस्थिति जनाई सुझाब तथा आ -आफ्ना धारणा राखी दिनु हुन
गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमितिले संघको विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्न गठित “विधान संशोधन सुझाव समिति” ले यस संघको विभिन्न आयामहरुमा महत्वपूर्ण भूमिकामा रहनु भएका र यसमा विषयमा सुझाव दिन इच्छुक हुनु हुने महानुभावहरुबाट समय सान्दर्भिक सुझाव र मार्ग निर्देशनको अपेक्षाका साथ निम्न मिति र समयमा जुम प्रविधी मार्फत अनलाइन बैठकको आयोजना हुन गईरहेको छ।
विधान समितिको तर्फबाट रास्ट्रिय समन्यव परिषदलाई सस्थागत धारणाको लागी पत्राचार गरिएको छ भने सस्थाका संरक्षक ज्युहरु,सल्लाहाकार ज्युहरु र अनरी काउन्सिल सदस्य सँग छुट्टा- छुट्टै बैठक आयोजना गरि सुझाब संकलन गरेको छ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय सस्थालाई रूपान्तरण गर्न स्मार्ट एनआरएनए लगायतका महत्वपुर्ण बिषयहरुमा विधानमा आवश्यक परिवर्तन महसुस गरि गत काठमाडौं महाधिवेशनको बन्द सत्र र आइसिसिको पहिलो बैठकलाई समेत सम्बोधन गर्दै गत महिना सम्पन्न सस्थाको ७५औं बैठकले आगामी २३र २४ तारिख आयोजना गर्न गैरहेको भर्चुअल बिशेष साधारण सभा( बिशेष अधिवेशन) मा विधान संशोधन का लागी प्रस्तूत गर्नु पर्ने भएका कारण आवस्यक सुझाबका लागी यहाँहरु लाई हार्दिक अनुरोध गर्दछौ।
सदस्यता निशुल्क गर्ने,महाधिवेशन प्रतिनिधि छनोट विधि, प्रकृयाहरु र संख्याबारे,अनलाइन मतदान, कार्य समितिको कार्यकाल र कार्यसमितिको संख्यामा हेरफेर। यस बाहेक विधानमा आवश्यक अन्य संशोधनका बिषयहरु केहि भए सुझाबको अपेक्षा गर्दछौं।
यस बैठक पश्चात यहाँहरुको सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने समितिको सोचाइ छ। आशा छ, यहाँहरुको उपस्थिति र सुझाव हाम्रो यस समितिको कार्यका लागि अत्यन्त महत्वपूर्ण रहने छ। निम्नानुसारको समयमा अनुकुलता अनुसार मिलाएर उपस्थितिका लागि पुन: एक पटक हार्दिक अनुरोध गर्दछौ।
जय नेपाल जय एनआरएनए
बैठक मिति – ६ डिसेम्बर २०२० आईतवार समय नेपाली समय बेलुका ४ देखि राति १० बजे सम्म
Meeting ID: 334 344 8610 Password: 1234
गंगाधर गौतम
उप-संयोजक
विधान संशोधन सुझाव समिति
गैरआवासीय नेपाली संघ।