२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालमा बिहिबार थपिए १ हजार ३४३ कोरोना संक्रमित,कुल संख्या २ लाख ३७ हजार नाघ्यो

नेपालमा बिहिबार थपिए १ हजार ३४३ कोरोना संक्रमित,कुल संख्या २ लाख ३७ हजार नाघ्यो

नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५३४ महिला र ८०९ पुरुष गरि थप १३४३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना देखिएको छ। जसअनुसार भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४५५ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म २ लाख २० हजार २७२ जना निको भएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल १५ हजार ७६६ जना आइशोलेशनमा छन् भने ५७६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपाालमा १७ लाख ६३ हजार ९१९ वटा पिसिआर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु