२०७८ वैशाख ४ गते शनिवार | April 17, 2021

Bharat Poudel

गृहपृष्ठ युरोपेली देश फ्रान्सद्वारा कोरोना विरुद्ध खोप निशुल्क दिने घोषणा

युरोपेली देश फ्रान्सद्वारा कोरोना विरुद्ध खोप निशुल्क दिने घोषणा

आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ। फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन्।

उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए।

फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ ।

फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए । उनले यी खोपहरू सुरक्षित र प्रभावकारी हुने पनि आश्वस्त पारेका छन्।

श्रोत:कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु