२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पत्रकार कँडेलको उपन्यास मोसो प्रकाशित

पत्रकार कँडेलको उपन्यास मोसो प्रकाशित

चितवनको पत्रकारिता क्षेत्रमा चिरपरिचित नाम हो – सूर्यप्रकाश कँडेल। उनको परिचय अब पत्रकारितामा मात्र सीमित रहेन। चितवन भरतपुर महानगरपालिका ४, त्रिचोकका स्थायी बासिन्दा कँडेलले आफ्नो परिचय साहित्य क्षेत्रमा पनि दरिलो बनाएका छन्।

उनले उपन्यास ‘मोसो’ बजारमा ल्याएर आफ्नो परिचय फराकिलो बनाएका हुन्।  वाणिज्य शास्त्रमा स्नातक गरेका कँडेलसँग अन्नपूर्ण पोष्ट, नागरिक दैनिकलगायत आधा दर्जनभन्दा बढी स्थानीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ।

२०५५ साल असोजबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका कँडेल हाल सफल खबर डट कमको समाचार सम्पादक एवं नागरिक दैनिकको चितवन संवाददाता हुन्।
मुक्तक, गीत, गजल र लघुकथा लेखनमा दख्खल भएका कँडेलले मोसो नामको उपन्यास बजारमा ल्याएका छन्।

आज शनिबार उनको यो पुस्तक विमोचन हुँदैछ।
उनले विभिन्न पत्रपत्रिकामा गीत, गजल, मुक्तक, लघुकथा फुटकररुपमा प्रकाशित गरेका छन्। उनको यो पुस्तक युरेका पब्लिकेसन प्रालिले बजारमा ल्याएको छ।

” पत्रकारिता क्षेत्रमा बिताएको दुई दशकमा मैले त्यहाँभित्र देखेका विकृतिहरु जुन बाहिरबाट हेर्दा देखिँदैन, तिनलाई समाजसामु राख्नु पर्छ भन्ने लागेर मोसो लेखेको हुँ” -पत्रकार कँडेल बताउछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु