गृहपृष्ठ नेकपाको सचिवालय बैठक सकियो,आइतबार स्थायी समिति बैठक बसेर निस्कर्षमा पुग्ने
नेकपाको सचिवालय बैठक सकियो,आइतबार स्थायी समिति बैठक बसेर निस्कर्षमा पुग्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। चार घण्टाभन्दा लामो समय प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो।
बैठकले पूर्वनिर्धारित कार्यसूचिअनुसार आइतबार १ बजे स्थायी समितिको बैठक धुम्बाराहीमा निश्चित गर्दै उक्त बैठकमा पार्टीको संकट र त्यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठले पार्टीको संकट निवारणमा पार्टीमा अहिलेसम्म प्रस्तुत भएका सबै दस्तावेजमाथि छलफल हुने जानकारी दिए। बैठकअघि अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले छोटो संवाद गरेका थिए।
स्थायी समितिको बैठक जारी रहँदा पनि विभिन्न तहमा औपचारिक अनौपचारिक संवादहरु अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।