२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ गुल्मेली गायक ओम सेन्चुरीले लिएर आए मनै लोभ्याउने पन्चेबाजा हाम्रो आँपचौर

गुल्मेली गायक ओम सेन्चुरीले लिएर आए मनै लोभ्याउने पन्चेबाजा हाम्रो आँपचौर

एउटा कलाकार जसलाई देशको माया कति हुन्छ भन्ने सायद उदाहरण दिनु नपर्ला।अझै थप आफ्नो गाउँ -ठाउँ ,जन्मेको क्षेत्र ,त्यहाँको स्थानीय महत्त्वलाई कलाकारले जति सरल भाषामा अभिव्यक्त गर्छ।

  • सायद त्यो स्तरमा अरु माध्यम फिका हुन सक्छन्।पछिल्लो समय लोक-दोहोरी क्षेत्रमा उदाउँदो गायक,लगाव र उत्तीकै उर्जाशिल गायक ओम सेन्चुरी यतिखेर बजारमा तातिरहेका छन्।

केही समय अगाडि हाम्रो आपचौँर नामक एल्बमको भिडियो सुटिङ रिपोर्टको बारेमा केही क्लिप दिएका सेन्चुरीले यतिखेर भने पूरा भिडियो सहित बजारमा ल्याएका छन्।आपचौँरको कफि इतिहास,धार्मिक परम्परा,पर्यटकीय  स्थल,रहनसहन लगायत समग्र बस्तुस्थितिको बारेमा सेन्चुरीले गीतबाट दृश्यमा उतारेका छन् ।

गीत निकै आकर्षक र लोभलाग्दो बनेको छ।गीतमा गाउँघरमा बोलिने चलचल्तिका भाषा प्रयोगले आम लोकपारखिलाई लठ्ठ बनाउने खालको छ।गीतमा पुरुषतर्फ गायक ओम सेन्चुरीकै आवाज रहेको छ भने महिलातर्फ गायिका कमला शिर्पालीको समधुर स्वर रहेको छ।

शब्द सृजना स्वयं गायक सेन्चुरीकै रहेको छ भने संगीत समर्पित सुक्रको रहेको छ।गीतको निर्देशन शोभाखर पन्थले गरेको छन् भने म्युजिक भिडियोमा कलाकारहरु ओम सेन्चुरी,बबिता धिताल,निशा मगर र रिदम लगायतको दमदार नृत्य देख्न पाइन्छ।गीतको बजार ब्यबस्थापन हाम्रो गुल्मीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु