२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नयाँ कामको सुरुवात गर्दा शास्त्रअनुसार समय र बार मिलाएर गर्दा उपयुक्त

नयाँ कामको सुरुवात गर्दा शास्त्रअनुसार समय र बार मिलाएर गर्दा उपयुक्त

तपाई कुनै पनि काम गर्दै हुनुन्छ भने दिन, बार, नक्षेत्र सवै मिलाएर गर्नु उपयुक्त मानिन्छ। हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही त्यसको विधि अपनाउनुपर्ने जनाउँछ।

तपाईले बार र समयलाई ख्याल गरेर काम गर्दा फाइदा पुग्ने शास्त्रले बताउँछ।कुनबार के काम गर्दा फाइदा ?जानिराख्नुहोस्।

आइतबार
आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबारलगायत उपयुक्त मानिन्छ।

सोमबार
त्यसैगरी सोमबारका दिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ। गाई-भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त मानिन्छ।

मंगलबार
शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण,धातु , मुगा ,रक्ता’श्राव कार्य गर्नु शुभ मानिन्छ।

वुधबार

यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन ,अध्ययन गर्नु , शास्त्रसेवा गर्नु ,शास्त्र चिन्तन गर्नु ,चित्र लेखन गर्नु, वास्तु कला ,नोकरी गर्नु, शुभ मानिन्छ।

शुक्रबार

बारमा मणि, रत्न , हिरा , सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य ,व्यापार ,गाइ–वस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ।

शनिबारः

यसबारमा झुटो बोलेर सत्य बनाउनु , गृह–प्रवेश , स्थिर कार्य ,नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु