गृहपृष्ठ दलित साझा मन्च मुसिकोटको दोस्रो नगर भेला वामीटक्सारमा सम्पन्न
दलित साझा मन्च मुसिकोटको दोस्रो नगर भेला वामीटक्सारमा सम्पन्न

दलित साझा मन्च मुसिकोट नगरपालिका गुल्मीको दोस्रो नगर भेला वामीटक्सारमा सम्पन्न भएको छ।गुल्मी २ क बाट प्रतिनिधित्व गर्नुहुने लुम्बिनी प्रदेश सभासद खड्क के सी ले समय फेरिँदा मान्छेकाे साेँचाइ पनि फेरिँन जरूरी रहेको भन्दै समाजमा रहेका बिभेद अन्त्य गर्न जरूरी रहेको बताऊनु भयो।
शिक्षा तथा चेतनाको स्तर वृद्धि भएमा मात्र जातिय छुवाछुत अन्त्य गर्नको लागि टेवा पुग्ने, जातिय बिभेद अन्त्य गर्नको लागि दलितको एकता आवश्यक रहेको लगायतका बिषयमा सभासद के सी ले जोड दिनुभएको थियो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता गणेश श्रीपालीले समाजलाई एकताबद्ध बनाऊन बिद्यालय र समाजमा सबैलाई तपाईं भन्न शुरू गर्न आग्रह गर्नु भएको थियो। समाजमा रहेका बिभेद अन्त्य गर्न जरूरी रहेको भन्दै श्रीपालीले भाषणले मात्रै यसको अन्त्य असम्भव रहेको धारणा ब्यक्त गर्नु भयो।
रूद्रावती बहुमुखि क्याम्पसमा सम्पन्न नगर भेलामा नेपाली कांग्रेस जिल्ला सचिब बिस्णुकुमारी सापकोटाले बोल्दै दलित हरूलाई समाजले हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताऊदै आफु सधै दलितको पक्षमा रहेको बताऊनु भयो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मुसिकोट नगर कमिटि अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता खुमबहादुर थापा(अशोक)ले समाजमा रहेको जातिय बिभेद,छुवाछुत लगायतका गतिबिधीहरू निन्दनिय रहेको भन्दै आफुले यस प्रकारका निन्दनिय घटनाहरू अन्त्य गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
मुसिकोट नगरपालिका-७ का वडाध्यक्ष प्रकाश काफ्लेले समाजमा धेरै प्रकारका सामाजिक बिभेद हरू रहेको स्विकार गर्दै बिशेष गरेर जातिय बिभेद,छुवाछुतको बिपक्षमा सानै उमेर देखि आफु रहँदै आएको बताऊदै यसको अन्त्य जरूरी रहेको धारणा व्यक्त गर्नु भयो।
नेकपा जिल्ला कमिटि सदस्य गोबिन्द बहादुर बि क(आकाश)ले अब दलितहरुले आफ्नो अधिकार माग्नको लागि संर्घष गर्नुपर्ने बताउनु भएको थियो।
नेपाल शिक्षक महासंघ गुल्मीका जिल्ला सचिव रामकृस्ण कंडेलले जातिय छुवाछुत एक प्रकारको मानब कलंक भएको भन्दै यस लाई जनचेतनाको माध्यम बाटनै हटाऊन सकिने बिचार व्यक्त गर्नु भयो।
सचिव कंडेलले संबिधानमा कसैलाई पनि बिभेद नगरिएको भन्दै ब्यबहारिक रूपमा भने समस्याहरू यथास्थितिमा रहेका उदाहरण हरू पेश गर्नु भयो।सामाजिक समस्यामा सुधार भएता पनि अन्त्य हुन जरूरी रहेको जिल्ला सचिव कंडेलको जोड थियो।
परियार उत्थान मन्चका सचिब अर्जुन परियारले जातिय बिभेद र छुवाछुत अन्त्य गर्न सबै मिलेर अगाडि बढ्न जरूरी रहेको धारणा राख्नु भएको थियो।
परिपक्व तथा भद्र स्वभावका धनी शिक्षण पेशामा संलग्न मुमबहादुर परियारको अध्यक्षता तथा चन्द्र रसाईली सचिव रहने गरी दलित साझा मन्च मुसिकोट नगरपालिका गुल्मी को नगर समिति निर्माण भएको छ।दलितलाई सम्मानित स्थानमा पुर्याऊन यो साझा मन्च विगत देखिनै नगर भित्र निकै कृयाशिल देखिन्छ।
कार्यक्रममा सन्चारकर्मी बिस्णुप्रसाद आचार्य,मुनपाका दलित जनप्रतिनिधिहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो। मुमबहादुर परियारको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष प्रबिना परियारको स्वागत तथा सचिव चन्द्र रसाईलीको संचालन रहेको थियो।