२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ तीब्र गतिमा कार चलाउदा कहालीलाग्दो दुर्घटना ,एक युवतीको ज्यान गयो

तीब्र गतिमा कार चलाउदा कहालीलाग्दो दुर्घटना ,एक युवतीको ज्यान गयो

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन्।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो।

दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ।चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु-याइएको बताए। घाइते श्रेष्ठको अस्पताल पु-याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए।

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु-याइएको बताए।

घाइते श्रेष्ठको अस्पताल पु-याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए।अन्य तिनजनालाई भने प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु